Wednesday, August 4, 2021

#तिमी संग ( Poetry )












तिमीलाई भन्नु पर्ने,तिमीलाई सुनाउनु पर्ने   

धेरै कुराहरु छन् मनमा के तिमी सुनिदिन्छौ ?

तिमीलाई कुनै दिन बोलाए भने, मैले आवाज दिए भने 

मेरो आवाज सुनेर के तिमी फर्किएर हेरिदिन्छौ  ?

तिमीलाई सम्झिनु अनि रात बिरात छटपटिनु  

धेरै कुरा छन् तिमीलाई बताउनु,के तिमी बुझिदिन्छौ ?

तिम्रा हरेक घाऊहरुमा, तिम्रा चोटहरुमा मलम 

बनिदिन्छु के मलाई तिमी यति अनुमति दिन्छौ  ?

जिन्दगीको यो कुन मोड हो,म आफैलाई थाहा छैन 

यो हाथ समाएर यो बाटो कुन हो चिनाउछौ ? 

तिमी संग नबोल्दा पनि दिल दुख्छ बोल्दा पनि दुख्छ 

दिललाई अझै चोट पुग्या छैन,सहन सक्छु चोट दिन्छौ ?

कहिले आफ्नै लाग्छौ,कहिले पराइ जस्तो गर्छौ  

तिमी र मेरो बिचमा सम्बन्ध के हो सम्झाउछौ ?

जति सुल्झाउन खोज्छु उति झन उल्झेको उल्झै छ 

यो मन यो दिमाग के तिमी मलाई सुल्झाउछौ ?

कुन चै धागों लें बाधेको छ तिमी र मलाई भन

म फुकाउने कोशिश गर्छु उता झन कसिदिन्छौ?

कसलाई सोधु आखिर मलाई चैन सुकुन किन छैन 

हास्न चाहन्छु तिमी संग,थोरै सुकुन मेरो नाम गरि दिन्छौ  ? 


#सृजना पुन, NP 

 

#सही ग़लत भन्दा पर #Everyone has a Story … Srijana

       "अरुलाई सम्झाउन जति सजिलो हुन्छ नि आफ्नै मनलाई सम्झाउन किन यति गाह्रो ह ? मन किन यति साह्रो जिद्दी भाको त् ? नजाने बाटो नजानु नि...