Monday, September 28, 2020

#म तिमीलाई फेरी भेंटने छु 💌🌸

 

#म तिमीलाई फेरी भेंटने छु,
कहां ?कसरी ? त्यो त थाहा छैन
सायद तिम्रो कल्पनाको झिल्को बनेर
तिम्रो क्यानभासमा उत्रिने छु 
वा सायद तिम्रो क्यानभास माथी 
एउटा रहस्यमयी रेखा बनेर 
चुपचाप तिमीलाई हेरी रहने छु 

वा सायद सूर्यको किरण बनेर
तिम्रो रंगमा घोलिने छु
वा रंगको अंगालोमा बसेर
तिम्रो क्यानभासमा उत्रिने छु
थाहा छैन कहां ? कसरी? 
तर तिमीलाई पक्कै भेंटने छु ।

वा सायद एउटा झरना बनेको हुनेछु
र जसरी झरनाको पानी उड्दछ
म पानीको थोपा बनेर
तिम्रो शरीरमा मिसीने छु
र एउटा चिस्याहट जस्तै बनेर
तिम्रो छातीमा टासीनेछु ...

म अरू केही जान्दिन 
तर यति चै पक्का जान्दछु
समयले जे सुकै गर्नेछ
यो जन्म त मेरै साथ चल्नेछ

यो शरीर छ त 
सबै कुरा समाप्त हुनेछ
तर चेतना को धागों
ब्रम्हाण्डीय कण बाट बनेको हुन्छ
म तिनै कणहरूलाई रोज्नेछु
धागोलाई बेर्नेछु
र फेरि भेंटने छु तिमीलाई ...।

-(प्रख्यात भारतिय लेखिका #अमृता प्रीतम द्वारा लिखीत कविता)

No comments:

Post a Comment

#सही ग़लत भन्दा पर #Everyone has a Story … Srijana

       "अरुलाई सम्झाउन जति सजिलो हुन्छ नि आफ्नै मनलाई सम्झाउन किन यति गाह्रो ह ? मन किन यति साह्रो जिद्दी भाको त् ? नजाने बाटो नजानु नि...