Saturday, March 31, 2018

आफ्ना लागि आफैँ वैद्य - बिक्रम सुब्बा



बैशाख १६, २०७१ मा आयुर्वेद बारे २ घण्टाको प्रवचन सुन्ने मौका मिल्यो । तालिम दिने वैद्य बिपी तिमिल्सिना (पाथिभारा आयुर्वेदिक हस्पिटल, सिनामंगल) थिए । मेरा टिपोटहरू काम लाग्ला?
ग्राह्य कुरा (Do's) - १। करेला र आलु मिसाएर पकाएर खाए स्वस्थ्यको निम्ती राम्रो; २। चना र मुला मिसाई पकाएर खाए स्वस्थ्यको निम्ती राम्रो; ३। दूध र बेसार मिसाएर पकाएर खाए स्वस्थ्यको निम्ती राम्रो; ४। मासको (कालो) दाल र घीउ मिसाएर खाए स्वस्थ्यको निम्ती राम्रो; ५। मासको (कालो)दाल र कटहर मिसाएर पकाएर खाए स्वस्थ्यको निम्ती राम्रो; ६। मसाको (कालो) दालसँग मेथी, अदुवा र खोर्सानी जस्ता मसाला मिसाएर पकाएर खाए स्वस्थ्यको निम्ती राम्रो; ७। फर्सिको मुन्ट र घीउ पकाएर खाए स्वस्थ्यको निम्ती राम्रो; ८। दहीसँग सक्खर मिसाएर मिसाएर खाए स्वस्थ्यको निम्ती राम्रो; ९। सक्खर र तीलको लड्डु मिसाएर खाए केही दिनमा वजन घट्छ; १०। प्याज ताजा काटेर चपाएर खाए टन्सिल निको हुन्छ; ११। परेवाको मासु घ्युमा लसुनसँग पकाएर खाए स्वस्थ्यको निम्ती राम्रो; १२। आफ्नै मुखको र्‍याल (थुक) बिहान सबैरै आँखामा दले आँखाका धेरै रोग निको हुन्छ; १३। सँधै विहान ५-६ बजेभित्र उठिसक्नु स्वस्थ्यको निम्ती राम्रो; १४। विहान ९-१० तिर मजाले खाना खानु स्वस्थ्यको निम्ती राम्रो; १५। मासु जहिले पनि विहान खानु स्वस्थ्यको निम्ती राम्रो; १६। मासु, स्याउ र दही मिलाएर खाए स्वस्थ्यको निम्ती राम्रो; १७। स्वास्थ्यको निम्ती Evening walk राम्रो हुन्छ; १८। दिउँसोको खाना पछि १५-२० मिनेट सुत्नु स्वास्थ्यको निम्ती राम्रो । सुत्दा देब्रे कोल्टे परेर सुत्ने; १९। कतै राम्रो कामको साइतमा निस्कनु परे नाकको दाहिने तिरबाट सास निस्केको बेला पारेर निस्कने; २०। धर्म-कर्ममा शान्तिका निम्ति निस्कनु परे देब्रे नाकबाट सास निस्केको बोला पारेर निस्कने; २१। बेलुका घाम अस्ताउँनु अघि खाने र ४० मिनेट ईभनिङ वाक गर्ने; २२। दालचिनीको चिया खाने र सँधै सुत्न अघि खाए अति उत्तम; २३। घ्यू र केरा खाए अमृत समान हुन्छ; २४। गर्मि महिनामा घ्यू खाए पित्तलाई समन गर्दछ; २५। घ्यूमा भुटेर काँचो केराको तरकारि खाए अति उत्तम; २६। काँचो केराको सब्जी बिहानै बेलुका खाए स्मरण शक्ति बढाउँछ; २७। पानी जहिले पनि मन तातो (३६ डिग्रीको) खाने; २८। खाना खाँदा विचमा अलिकती पानी खानु राम्रो तर खाना पछि पानी कानु नराम्रो; २९। खाना खानु अघि १ घण्टा पानि नखाने; ३०। खीर र तरकारी जहिले पनि कीटको कराहीमा पकाएर खाने; ३१। दूध पनि कीटको कराहीमा पकाउँनु उत्तम हुन्छ; ३२। खीरमा मेथी (पिसेको) पाक्न लाग्दा हाल्ने र ईच्छा अनुसार घीउ, जाइफल, मरिच, चिनी हाल्दा हुन्छ; ३३। खीर खाएर पानी खाए विष (toxin) बन्छ; ३४। सन्सारको सबैभन्दा राम्रो तेल Olive oil त्यसपछि तोरीको तेल हो; ३५। Olive oil मा कागतीको रस मिसाएर खाए पित्तको पत्थरी निको हुन्छ; ३६। चनामा सूर्यमूखिको बियाँ मिसाएर खाए राम्रो; ३७। बोसिलो (मासु) खाँदा carbohydrate मिलाए खाए राम्रो हुन्छ; ३८। ओक्खर मस्तिष्कको निम्ती अति उत्तम । तर ओक्खर खाएर ११ घण्टा दुध नखाने; ३९। भाँडा सफा गर्न घिरौँलाको जाली उत्तम; ४०। अमलाको पउडर दूधसँग बारै महिना खाने; ४१। ११ वर्षभन्दा माथिकाले दूध घाम हस्ताएपछि खाने; ४२। दूधमा बेसार मिलाएर खाए अल्झाइमर निको हुन्छ; ४३। प्याज, नुन र कागती मिलाएर खाए झाडापखाला रोकिन्छ; ४४। गहुँ भुटेर खाए Vomit रोकिन्छ; ४५। कान दुखे प्याजको रस केही थोपा लगाए निको हुन्छ; ४६। ज्वरो आए गेडा धनियामा अदुवा उमालेर खाने निको हुन्छ; ४७। बेसार, नुन, ज्वानो मिसाएर चूर्ण बनाएर खाए ज्वरो निको हुन्छ; ४८। खाने सोडामा जमुनाको पात मिसाएर लगाए घमौरा निको हुन्छ; ४९। वर पीपलको बोक्रा १-१ ग्राम उमालेर खाए – घुर्ने, प्रोस्टेड ग्लयान्डको समस्या, महिलाको सेतो पानी जाने निको हुन्छ; ५०। धनिया निरन्तर खाए मिर्गौलाको समस्या निको हुन्छ ; ५१। कालो जिरा चपाई राखे घाँटीको समस्या निको हुन्छ । गायकहरूका लागि यो उत्तम उपाय हो; ५२। अम्बाको पात चपाए दाँतको समस्य निको हुन्छ ।
नोटः "अमृत" बन्ने कुरा कहिँ हुँदैन । हाम्रै भान्साघरको खानाहरू मिलाएर पकाई-तुल्याई खाए अमृत बन्छ र विरामी नहुने, तन-मन दुरुस्त रहन्छ भनेको हो । आज बील गेट्स, मुकेस अम्बानी र अमिताब बच्चन जस्ता मानिसहरू किन वैद्यलाई र Nutritionist हरूलाई सल्लाहकार राखेर उनकै निर्देशन अनुसार खाना खान्छन्? किनभने -
१) कुनै कुनै खाने कुराहरू मिसाएर खाए वीष बन्छ । अचेलका डाक्टरले Food poisoning भनेको कुरा यही त हो ।
२)कुनै कुनै खाने कुराहरू मिसाएर खाए अमृत बन्छ ।
अमृत खाने कि वीष? रोज्ने काम तपाइँकै हो । 

भ्रम - बिक्रम सुब्बा












मलाई मन परायौ भने, म बारे केही सकारात्मक कुराहरू गर्छौ होला ।
मलाई मन पराएनौ भने, म बारे केही नकारात्मक कुराहरू गर्छौ होला ।
मेरो बारेको सत्य त्यति नै हो त?
सकारात्मक र नकारात्मक बाहेक जीवनका अन्य आयामहरू नापजोख गर्ने कुनै औजार तिमीसँग छ?
तिमीले मलाई भेटेको त केही क्षण, केही दिन, केही महिना वा केही वर्ष मात्र भएकोछ ।
मेरो "म"को लम्बाई चौडाईको Genetic पुर्ख्यौली सुरुवात तिमीले देखेनौ । मेरो अन्त्य अहिले आइसकेकै छैन ।
तर, तिमीले मलाई सम्पूर्ण चिनेको ठोकुवा गरेर "सत्य" पत्तो पाइसकेको कुरा गरिरहेछौ ।
बस् ! यही हो भ्रम !
एकजना मानिसको जन्मको श्री र मृत्यूको शुभमको तमसुकको वीचतिरको दुइचार अक्षर, शब्द र वाक्य मात्र गनेर मैले यो मानिसको बारेमा सबै जानेको छु भन्नु भ्रम हो ।
दुःख लाग्छ, हामी सबै सबैका बारेमा आफुलाई "जानिफकार" घोषणा गर्छौँ र दंग पर्छौँ ।
जुनदिन यो भ्रम टुट्छ त्यो दिन डिप्रेशन्ले खलास भएर मर्छौँ ।
"सत्य" त्यतै कतै उभिएर हाम्रो लाश हेरिरहेको हुन्छ ।

#बिक्रम सुब्बा - फेसबुक वाल बाट 

कबिता - राज बल्लव कोइराला

राज बल्लव कोइराला














बाटोले सोध्यो,
कता जादै छस् म झसङ्ग भए अल्मलिए देखेर मलाई बाटो अत्तालियो
पर क्षितिजमा रात छिप्पिदै थियो सपनाहरु पर्खिदै थिए म निदाएको बखत निदमा छिर्न चाहन्थे,तिनीहरु म सजिलै कहाँ निदाउथे र......

कविता -बिक्रम सुब्बा


तिमी को हौ ? तिमी के हौ ?
तिमीलाई पहिलोचोटि देखेपछि
मेरा हराएका घाम जून भेटेजस्तो लाग्यो
तर तिमीले भन्यौ
यी त मेरा आँखा हुन्
मेरो सपना पनि हराएको थियो
हेर्दै लाँदा त्यो पनि तिमीमा भेटेजस्तो लाग्यो
तर फेरि तिमीले भन्यौ
यो त मेरो शरीर हो
मेरो आफ्नो फैलावट हो
मेरो संगीत हराएको थियो
अचानक एकदिन
तिम्रो ढुकढुकीमा भेटेजस्तो लाग्यो
तर तिमीले प्रमाणसहित भन्यौ
यो त मेरो हृदय बोलेको हो
त्यसैगरी
मेरो खुशी पनि हराएको थियो
हेर्दै जाँदा त्यो पनि
तिम्रा ओँठहरूमा अल्झिएको पाएँ
तर फेरि तिमीले भन्यौ
यो त मे रो मुस्कान हो
अब म के भनौँ
अब म के सोचौँ
तिमी मेरो अमुल्य सम्पतिको थुप्रो हौ ?
कि मेरो सानो देशको मेरो सानो झुप्रो हौ ?
भन!! भन!!!
तिमी को हौ ?
तिमी के हौ ?

Thursday, March 29, 2018

Rahat Kazmi: People still remember Rahat Kazmi’s performance in “Dhoop Kinaray”








Rummage through PTV dramas of the 1980s, and you will surely find some classics that you simply cannot ignore. It is here that you will find his dignified presence, a larger than life figure on the small TV screen.
People still remember Rahat Kazmi’s performance in “Dhoop Kinaray”, where he can be seen as the reclusive Darcy, who our very own Elizabeth (beautifully enacted by Marina Khan) is trying hard to chase, or in “Ehsaas”, where he plays the role of doting father and a loving husband.
In short, he is a legend that PTV can proudly boast of, a legend that was born during the state broadcaster’s prime years. The nation dotes on his acting skills, and cherishes his body of work which the younger still watch on YouTube or DVD’s.
He is a man of few seasons when it comes to dramas that he has performed in. Sometimes a recluse living in tragic times, in others a sad and heart-broken character (that he performed so well), but never a comic role.


Reflecting on the visual story telling industry in Pakistan, Rahat Kazmi said: “The people of the sub-continent relied heavily upon oral history. Here, the concept of mentorship is very strong. So strong are the undercurrents that all great men have started new chapters in the history of the TV screen or film-making by simply learning the art from their teachers and their mentors.
“But then, why do we feel and say that our film industry has lost its true guise, its true color, wrongly claiming that uneducated people have made it fall, in the throes of unaccustomed position. But it is not that uneducated people are ruling the roost in film-making and have made it lapse – there are other numerous reasons that caused the fall! We need to do our market research for that, to know what caused its downfall.”
Talking about his brief film career, Kazmi said: “My first film Aj aur Kal ran for 125 weeks straight at the Bambino cinema in Karachi, Mehman too for about 85 weeks. I still remember at the opening night of Aj aur Kal, there was a huge fan following and it was very difficult for Shabnum and me to exit the cinema house from the front door. Somehow though, we managed to get out from the backdoor. Such was the glory of the Pakistani silver screen.”
It was Kazmi’s arresting persona that PTVclassic hero was modelled on. There was none who could ever be compared to his looks, style and oh, that voice, with his natural flair for the Urdu language. Speaking of the mother institution, PTV, Rahat Kazmi said: “PTV is a public channel, which is supposed to be non-commercially driven. We already pay Rs35 in tax, the fee for PTV to run. The problem lies in the fact that the accounts need to be revised, the audit needs to be done, just as for all state institutions such as Pakistan Railways, Pakistan Steel Mill. Any institution will be in bad shape if there are only political appointments!”
Kazmi reiterated the fact, “Like the National Academy of Performing Arts (Napa), which is based on the principle of ‘promotion of cultural heritage’, PTV too, should follow the same philosophy. No creativity can ever take place in a commercially-driven institution when it is meant to be a public entity. Yes, for private channels, being commercially-driven is the need of the hour, for they are supposed to compete with one another.”
About Napa, with which he has now associated for quite a few years, he says: “We are not commercially driven like the rest of the theater performers, directors and producers are, for we believe that classical literature should be projected and promoted here in the city, and hence we do our productions on those same lines.”
Kazmi, a cultural institution on his own, is the master of a cultivated personality that harbours a deep love for all forms of art. Telling of the fact is that the man enjoys listening to piano recitals and has visited places the world over to listen to good piano recitals. So strong is his passion, that he has spent quite a fortune on it, about which the veteran TV actor and stage director has no regret.
Published in The Express Tribune, May 10th, 2011.

I wish I had the power to make this world a better place.- Rahat Kazmi




What is your idea of perfect happiness?


There is no such thing as perfect happiness, if there was, then Buddha for one wouldn’t have left the pleasures of his palace and gone off into the forest!
What is your greatest fear?
I am not afraid of anything. The worst that can happen is that the world will one day cease to be, but at that time I hope I won’t be around.


What is the trait you most deplore in yourself?
My indecision about devoting myself to writing.
What is the trait you most deplore in others?
When they fail to differentiate between art and entertainment.
What is your greatest extravagance?
Buying too many books and music CDs.
What is your current state of mind?
My current state of mind is that I have grown old and that the creativity which used to be there is no longer there.
On what occasion do you lie?
When I want to be alone.
What do you most dislike about your appearance?
Everything, particularly now. I don’t want to see an old face in the mirror!
What is the quality you most like in a man?
Creativity. It fills me with wonder to know that you are creative.
What is the quality you most like in a woman?
The same.
Which words or phrases do you most overuse?
I overuse the word ‘creativity.’
When and where were you happiest?
Never. Basically, I am a melancholic, depressed person.
If you could change one thing about yourself, what would it be?
I wish I could be wittier, funnier and a more likeable person.
What do you consider your greatest achievement?
I was occasionally fortunate to be able to do what I wished to do.
If you were to die and come back as a person or a thing, what would it be?
I’d Iike to be myself.
Where would you most like to live?
In Scholberg, where I once attended an orchestra performance in an open-air theatre in the mountains near the river.
What is your most treasured possession?
My books and music collection.
What do you regard as the lowest depth of misery?
I think that is when you are continuously forced to do something which you just don’t want to do.
If you didn’t do your current job, what would you choose to do?
Something else, that is creative… or die!
Who is your hero of fiction?
No one.
Who are your heroes in real life?
In many areas there are different kinds of people, they can be in the field of performing arts, music or acting. Many different people doing different things are all real-life heroes.
What’s your favourite quote?
Jean Paul Sartre: “Everything that exists, exists by chance, prolongs its existence by fear and dies by accident.”
What kind of super powers would you like to have?
I wish I had the power to make this world a better place.
If you had a time machine, where would you go?
I would like to go back to Scholberg and enjoy the orchestra again.
If they made a movie on your life, who would you want to play your role?
I would like to play the role of the character who is trying to play Rahat Kazmi.

Published in The Express Tribune, Sunday Magazine, May 15th, 2011.

'राहत काजमी' - सम्मान र प्रेम समर्पित (Rahat Kazmi Pakistani legend Actor )


कल्पना बान्तवा
क्षणभंगुर जीवन सम्झेर हैन, उमेर बुढ्यौलीउन्मुख भएकाले पनि हैन, सारैसारै ननिको लागेको र मन भाँचिएका कारण मनमा लुकाइराखेको प्रिय मान्छेलाई अचानक बूढो भएको देखेर हो। पाकिस्तानी टेलिशंृखला 'धूपकिनारे' का युवा डाक्टर पात्रलाई हालसालै टीभीको पर्दामा ७० वर्षको भएको देख्दा मन सम्हाल्नै गाह्रो भो। उनैले भनेझैँ समय साँच्चै सबभन्दा 'जालिम' छ।
गएको साता 'धूपकिनारे' हेरेँ लगभग तीन दशकको अन्तरालमा। पहिले नै कलिलो मन–मस्तिष्कमा गहिरो छाप पारेको यो टेलिचलचित्रले संवेदना ग्रहण गर्ने तन्तु छिप्पिएको यो पालि त झन् दोब्बरतेब्बर नै छोयो। छुन त मज्जाले छोइयो, तर 'बेकारमा फेरि हेरेको!' भनेर मनले थकथकी पनि मानिरह्यो। साँच्चै न त मैले यो शंृशला फेरि हेर्थें न त डाक्टर अहमरप्रति सुषुप्तावस्थामा रहेको मभित्रको प्रेमले उनीबारे गुगलमा खोजीनीति गर्नै उक्साउँथ्यो! न त एक्कासि बृद्ध डाक्टर अहमरलाई देख्थेँ न मलाई यो पीडा नै हुन्थ्यो! ३० र्ष पुरानो उनको उही सुकुमार तस्बिर अन्तरमा सजाएर खुसीखुसी म यो लोकबाट बिदा हुँदा मेरो कल्पनामा, मेरो सम्झनामा र मेरो जीवनको अन्त्यसम्म उनी तन्नेरी नै रहिरहन्थे एक अजम्बरी सपना बनेर।


सन् १९८५ मा बनेको 'धूपकिनारे' हामीकहाँ १९८८ को दशकमा आइपुगेको थियो। पहिलो पटक टीभीमा डाक्टर अहमरलाई देख्दा, आँखाको बियाडमा सपना छर्ने उमेरको मौसमबाट गुजि्ररहेकी थिएँ। आफ्नै मन आफ्नो बसमा थिएन, कसैको मीठो हेराइमा बत्तिन थाल्थ्यो नियन्त्रण गुमेको लट्टाइँको धागोसँग बेपत्ता उडिरहेको चंगाझैँ! संसार उसैउसै रमाइलो र सुन्दर लाग्थ्यो। चाहनाका इन्द्रेणी सपना कोरल्न थालेको त्यो कट्मेरो उमेरमा डाक्टर अहमरजस्तो मानिस आफ्नो वरिपरि देखे–भेटेकी नै थिइनँ। उनको शालीन र गम्भीर व्यक्तित्वले ज्यादै प्रभाव पारेको थियो। मेरो र उनको स्वभाव ३६ अंकजस्तो थियो, एक अर्कादेखि बिलकुलै अलग। उमेरको असर पनि होला, म चुलबुले, फतरफतर बोलिरहनुपर्ने र हाँसिरहनुपर्ने प्रकृतिकी थिएँ। विपरीत ध्रुवहरू आपसमा आकर्षित हुने चुम्बकीय सिद्धान्तका कारण पनि होला, आफूमा शून्यप्रायः र उनीमा छेलोखेलो सौम्यता र भलादमीपनले खैँचेर म उनीप्रति हुरुक्क भएकी!
नेपाल टीभीबाट धूपकिनारेको प्रसारण सकियो, तर डाक्टर अहमर, डाक्टर जोया र अन्जीहरू सम्झनामा ताजै बसिरहे।
दैनन्दिनमा घटित ससाना घटनाले जीवनभरि साँचेको मान्छेका विश्वास, सोच र दृष्टिकोणलाई धुस्नो बनाएर फाँडिदिँदोरैछ। 'मेरो विचार सही हो' भन्ने अभिमानमा बाँचेकालाई बितिरहेको समयले गलत पनि साबित गरिदिँदोरैछ। अन्तिमसम्म मान्छेसँग रहिरहने त केवल भ्रम रहेछ!
मलाई लाग्थ्यो, ६०–७० वर्ष पुगुन्जेल महिला वा पुरुषभित्रको प्रेम ग्रन्थी सुकीसक्छ, र कुनै बैँसालु जोडीझैँ प्रेम गर्न र प्रेम पाउन उनीहरूलाई अलि सुहाउँदैन। विश्वप्रसिद्ध भारतीय संगीतकार तथा भारतीय शास्त्रीय संगीतका संयोजक–सितारवादक पण्डित रवि शंकर ६० वर्षका छँदा ३० वर्षकी सुकन्याले उनीसँग प्रेम गरिन्, सोही प्रेमको फलस्वरूप सन् १९८१ मा अनुष्का शंकरको जन्म भयो। रवि शंकर र सुकन्याले बिहे १९८९ मा गरे पनि उनीहरूको चिनजान १९७० को दशकदेखि नै थियो। ३० वर्ष लामो उमेरको दूरीले रत्तिभर फरक नपारेको आफूहरूको सुमधुर प्रेम–सम्बन्ध सम्झँदै सुकन्या भन्छिन्, 'पहिलो पटक उहाँको नजर ममा पर्नासाथ म प्रेमदासी बनेँ। उहाँलाई पागलपनको सीमासम्म चाहन्थेँ र मैले जे चाहेँ त्यो पाएँ।'
सुकन्याका कुरा कुनै बेला उदेक मानेर पढेकी थिएँ र मनमनै हाँसेकी पनि थिएँ। हाम्रैमा पनि दुई वर्षअघि ५० वर्षीया सेलिब्रेटीले ७० वर्षीय दुलहा रोजिन्, धेरैले जस्तो मैले पनि यो सम्बन्धलाई मायाप्रेमको विषय नठानेर सुखदुखमा एकअर्काको साथी बन्ने सम्झौतामात्र ठानेँ। तर, हैन रैछ। आफैले भोगेपछि महसुस भयो, प्रेममा उमेरको हदबन्दी लागु हुन्छ भन्ने मेरो धारणा पूरै गलत रैछ। युवा अहमरलाई जसरी अथाह प्रेम गर्थें, ७० वर्षीय उनलाई देख्दा मभित्र उसरी नै अजस्र प्रेमको मूल फुट्यो। तर, ३० वर्षपछि उनलाई देख्दा नरोकिएको मेरो आँसुले अहमर कुनै दिन बूढा पनि होलान् भनेर कहिल्यै सोचेकी रैनछु भन्ने थाहा भो। मैले आफ्नो बुवालाई, बलशाली युवाबाट सुस्तरी प्रौढ अनि बृद्धावस्थामा फेरिएको देखेकी छु। झोडा फाँडेर धानखेत बनाउने मेरी बलियी आमा, अशक्त बृद्धामा रूपान्तर भएको पनि हेरिरहेकी छु र वरिपरिका केही मानिसलाई पनि उमेरको सनासोले बिस्तारै अँठ्याउँदै लगेको देखेकी छु। स्वयं पनि त उबेलाको १६ वर्षेजस्तै कहाँ रहेँ र! देख्दादेख्दै र हेर्दाहेर्दै मान्छेको स्वरूपमा आएको ठूल्ठूला भिन्नता आँखामा उतिसारो नबि‰दोरैछ, तर सुदूर अतीतमा देखेको युवालाई दशकौँपछि हठात् बृद्धको आवरणमा देख्नु पीडादायी हुँदोरैछ।
१२ वर्षपछि खोलो फर्किन्छ रे! हो कि क्या हो! मेरो जीवनमा पनि पाकिस्तानी टेलीड्रामारूपी खोला फर्किन थालेका छन्, तर १२ वर्ष हैन झन्डै १२ तियाँ ३६ वर्षपछि। पछिल्लो केही समययता पुनः पाकिस्तानी टेलिशृंखलाहरूको अम्मली बनेकी छु। सोही क्रममा धूपकिनारे दोहोर्‍याएँ। र, डाक्टर अहमरको मायाले फेरि बिथोलिएँ। इन्टरनेटलाई धन्यवाद भन्दै डल्लै धूपकिनारे डाउनलोड गरेँ र फुर्सदमा यसका पात्रहरूको संगतमा रमाउन थालेँ। उहिले यस्तो सुबिस्ताको कल्पनै थिएन, आइतबारे साँझको एकछिनको देखभेटमै चित्त बुझाउनुपर्थ्यो। तर, त्यो छोटो भेट यति प्रभावशाली हुन्थ्यो कि बोली, व्यवहार र समग्र व्यक्तित्वसहित एक असल मानिस बनेर डाक्टर अहमर मेरो हृदयमा बसिरहन्थे। उनी साँच्चै मेरा आदर्श पुरुष थिए।

यो पालि मैले प्रविधिप्रदत्त सुविधा खेर जान दिइनँ। गुगल गरेर डाक्टर अहमरको तीन पुस्ते खोतलखातल गरेँ। पहिला उनको खास नाउँ पत्ता लाएँ, कति राम्रो नाउँ रैछ, 'राहत काजमी'। राहत काजमी टाइप गरेर गुगल गरेको त धेरै अप्सनमध्ये एउटामा त 'राहत काजमी डेथ' पनि पो देखायो। अनि त चित्तै फाट्यो, डाक्टर अहमर बितेछन् भनेर! तर, त्यो सत्य हैन रैछ, मनले ठूलो 'राहत' पायो।
उनको विकिपिडिया चाटचुट् पारेँ र गद्गद् भएँ। गुण र विशेषताका खानी नै रैछन् राहत! दुई विषयमा मास्टर्स, उच्च सरकारी ओहदाका जागिरे, कानुन पढेका, पाकिस्तानी थिएटरलाई लगभग ६५ वर्षपछि ब्युँताउने आदरणीय व्यक्तित्वमध्ये एक, कराँचीको नेसनल एकेडेमी अफ पर्फर्मिङ आर्ट्स (नापा)का कन्ट्री डाइरेक्टर, विभिन्न शैक्षिक संस्थाका प्राध्यापक, सशक्त लेखक, प्रााज्ञ, टेलिभिजनका कुशल कार्यक्रम प्रस्तोता आदिइत्यादि। कराँचीको एक शैक्षिक संस्था 'एल.ए.एस'का प्रशासनिक निर्देशकका रूपमा कार्यरत उनी त्यहीँका ए लेभलका विद्यार्थीलाई अंग्रेजी साहित्य तथा नाटक पढाउँछन्।
लर्तरो मान्छेलाई मन पराएकी रैनछु भन्ठानेर दंग परेँ। उसो त धेरै पढेको उच्च पदस्थ सरकारी कर्मचारी हुनुलाई नै कुनै मानिसको असली पहिचानको कसी मान्न सकिन्न। हाम्रो वरपर त्यस्ता पढालेखा कति छन् कति! नजिकबाट नचिनेसम्म उनीहरूबारे यसै भन्न सकिँदैन। तर, राहत काजमी यति क्षमतावान् शिल्पी भैकन पनि एकरत्ति घमण्ड नभएका, माटोसँग सदैव जोडिएर साधारण मान्छे बनिरहनुमै खुसी हुने जीव रहेछन्। यी पछिल्ला जानकारीले मलाई झनै उनीनजिक पुर्‍याए। युट्युबमा उपलब्ध उनले खेलेका र बोलेका फिल्म, नाटक र सोहरू हेरीभ्याएँ।
पाकिस्तानी टेलिभिजनले बसालेको एउटा थिति मलाई सराहनीय लाग्यो। आफ्ना टेलिचलचित्रहरूले प्रसिद्धि कमाएपछि सम्बद्ध टिमद्वारा त्यो सफलताको उत्सव मनाइँदोरैछ। सिरियलका लेखक, निर्देशक र पात्रलाई निम्त्याएर टीभीमा रोचक कार्यक्रम चलाइँदोरैछ। 'जिन्दगी गुलजार है' र 'हमसफर' का कास्ट एन क्रु सम्मिलित टीभी कार्यक्रमहरूले मलाई खुब आनन्द दिएका थिए। 'धूपकिनारे'को त्यस्तै कार्यक्रम हेर्न पाउँदा मन खुसी भए पनि सोच एक तमासको बन्यो। २० वर्षपछि धूपकिनारेकी मुख्य पात्र डाक्टर जोया खान अर्थात् मरिना खानले 'मरिना मर्निङ्स' नाउँको कार्यक्रममा सो टेलिचलचित्रका पात्रहरूको जमघट गराएकी थिइन्। उमेरको अवश्यम्भावी प्रभावबाट उनीहरू कोही अछुतो देखिँदैनथे। तर, तन बूढो भए पनि उनीहरूको मन जवानै थियो। उही उत्साह र हँस्यौली–ठट्यौलीसहित धूपकिनारे निर्माणताकाका मीठा घटनाहरू सम्झेर रोमान्चित भैरहेका थिए। २० वर्षको अन्तरालमा निधन भएका केही सहकर्मीको यादमा 'नोस्टाल्जिक' बनेका थिए। त्यहीबेला हो मैले पाका राहत काजमीलाई देखेर मन अमिल्याएको! सायद उनी त्यतिखेर त्यस्तै ६० का हुँदा हुन्।
यसै साल अर्थात् सन् २०१६ अप्रिल १२ मा अनएयर भएको एउटा पाकिस्तानी टीभी च्यानलको कार्यक्रमको भिडियोमा पनि राहत काजमीलाई देख्न र उनको जीवनलाई अझै नजिकबाट चियाउन पाएँ। झन्डै डेढ घन्टाको 'द मर्निङ सो'मा राहतको आगमनपूर्व प्रस्तोता सनम बलोचले 'राहत काजमीः हामी सबैले देखेको एउटा सुन्दर सपना, जो कहिल्यै मर्ने छैन' भनेर कार्यक्रमको थालनी गरेकी थिइन्। बडो आदर र सम्मानसाथ राहतलाई पत्नी साहिरासहित स्वागत गरिरहँदा सनम बलोच घरिघरि भावुक हुन्थिन्। सनमका अनुसार राहतलाई सो कार्यक्रममा उपस्थित गराउन उनको टिमले धेरै पसिना बगाएको रहेछ। एकान्तमा मग्न रहने राहत हतपत अन्तर्वार्ता दिन नमान्दारैछन्।
कार्यक्रमभरि राहतलाई आँखा झिमिक्क नगरी हेरिरहेँ, उनलाई सुनिरहेँ र प्रेम विह्वल बनिरहेँ। यौवनको प्रथम खुड्किलोमा टेक्दै गर्दा मैले देखेको एक रुमानी सपना थिए उनी, जो सानोमा सुनेका दन्त्य कथाका तिलस्मी राजकुमारझैँ सुन्दर र प्रिय लाग्थे। ७० वर्षका उनलाई देख्दा पनि उत्तिकै मायालु र आकर्षक लागे। बितेको लामो कालखण्डले उनमा अनुभवको ओज र गरिमा थपिदिएछ। स्वस्थ तन र सुन्दर मनका धनी राहतलाई मैले आँखैले सुम्सुम्याइरहेँ। सोफामा साथै बसेकी पत्नी साहिरा काजमीको उपस्थिति र राहतको पाको उमेरले उनलाई प्रेम गर्नबाट मलाई रोक्न सकेनन्।
'माया भन्नु यस्तै हो कि मलाई मात्र यस्तो?' म हाम्रा बच्चुकैलाशसँग सोध्दै थिएँ, अनायास सनम बलोचका कुराले थोरै चित्त शान्त भो। उनी राहतलाई भन्दै थिइन्, 'सर! मैले हजुरलाई सानैदेखि सुन्दै, देख्दै र माया गर्दै आएँ। यतिबेला त म हजुरलाई सीमाहीन प्रेम गर्छु। यसो भनिरहँदा, हजुरलाई अगाध माया गर्ने मेरा पति र संसारभरिका मजस्ता अनगिन्ती मानिसको प्रतिनिधित्व पनि गरिरहेकी छु। हामीले यति धेरै माया गर्दागर्दै हजुर किन हराउनु भो? किन देखिनुहुन्न अचेल सिनेमा र टीभीका पर्दामा? हजुरजस्तो प्रतिभाशाली कलाकारले किन सार्वजनिक जीवनबाट सन्यास लिनु भएको?'
राहत अभिभूत भएका थिए र निशब्द बनेका थिए केहीबेर। उनको त्यो भावविह्वल अवस्था पनि औधी प्यारो लाग्यो मलाई।
सन् १९४६ जुन ३० मा तत्कालीन ब्रिटिस इन्डियाको पूर्वी पन्जाबको सिमलामा जन्मेका राहत पर्दामा झैँ वास्तविक जिन्दगीमा पनि कम बोल्ने, सरल र विनम्र रैछन्। भीडभाडदेखि टाढै बस्न रूचाउने, कहिलेकाहीँ ख्यालठट्टा गरी पनि हाल्ने, तर किताब र संगीतको दुनियाँमा रम्न ज्यादा मन पराउने राहतलाई संगीत र थिएटि्रकल आर्ट्स पढाइने आफू संलग्न पाकिस्तानको एकमात्र संस्था 'नापा' अत्यन्त प्रिय रैछ। ६४–६५ वर्षको अथक संघर्ष र अधिकारका लागि लडिएको घमासान लडाइँको उपलब्धि रैछ 'नापा'। यसमा आबद्ध जियामोइद्दिन साहब, उस्ताद सलामत हुसैन, खालिद अहमद, उस्ताद वसिर खान, तलत हुसैनजस्ता पाकिस्तानी संगीत र कलाका महान् हस्तीका कारण पनि उनी 'नापा' लाई असाध्य माया गर्दारैछन्।
सोही कार्यक्रममा सोधिएको 'जिन्दगी के हो?' को जवाफमा उनले भने, 'जिन्दगी नाकामी अर्थात् असफलता हो। संसारका बहुसंख्यक मानिससँग अहिले खाए भरे के खाने भन्ने समस्या छ। अमेरिकाजस्तो सम्पन्न ठानिने मुलुकमा कुल जनसंख्याको एक प्रतिशतको हातमा त्यहाँको ६० प्रतिशत धनसम्पत्ति छ। धेरै मानिस भोकले मरिरहेका छन् भने कसैलाई सम्पत्ति आफलताफल छ। यस्तो असमानतामा, यस्तो असन्तुलनमा यो जिन्दगी भए पनि के?'
राहत काजमीको नजरमा दौलत बे–इमानी चिज हो भने प्रसिद्धी आउने–जाने कुरा। सुन्दरता– यदि सधैँलाई हो भने ठीकै छ, शिक्षा– सबैभन्दा जरुरी। डर उनलाई केहीसँग लाग्दैन, अरुलाई खुसी देख्दा आफू खुसी हुन्छन्। एक्लोपन बहुतै प्यारो छ उनलाई। मृत्युलाई– क्या राम्रो चिज बनेको छ जुन चाँडै आउनुपर्छ भन्छन्। पियानोबारे यसरी खुल्छन्, 'दुनियाँमा सांगीतिक वस्तुहरू, आवाजदेखि बाजागाजासम्म सारै नै सुन्दर चिज हुन्।'
सपना– मर्दैनन् भन्छन् उनी पनि, भगवान्– भेट हुनेछ रे! राहत काजमीबारे भन्छन्, 'दुनियाँले मलाई मेरो योग्यताभन्दा धेरै दियो। कमसेकम मेरो हेराइमा, मलाई लाग्दैन कि मैले कुनै पनि एउटा यस्तो काम गर्न सकेँ जुन पहिले कसैले नगरेको होस्।'
आह! जीवन–जगत्लाई भलिभाँती बुझेको विद्वान् मानिस दिलको यति सच्चा र व्यवहारमा यस्तो सरल पनि हुन सक्छ यो स्वार्थी संसारमा? म लामो सुस्केरा फाल्छु र मौन बस्छु केहीबेर! राहत काजमी नाउँको प्यारो मान्छेलाई हात लम्काएर छुने तृष्णा जाग्छ ममा, तर भौगोलिक दूरी नाघ्न सक्दिनँ। उनलाई कम्तीमा यति त थाहा भैदिए हुन्थ्यो कि सुदूर टाढाको एक कुनामा, डा. जोया खानभन्दा कम उमेरकी एउटी पागलले उनलाई कुन हदसम्म प्रेम गर्छे!
पाउनुमात्र माया हैन भन्छन्, मनप्राणले चाहेको मान्छेको सुखमा खुुसी हुनु पनि माया हो रे! यसैमा सन्तोक मान्छु कि राहत आफ्नो सुन्दर तथा भरिपूर्ण परिवारमा रमेका छन्। लाखौँका प्रिय छन् र रहिरहने छन्। पत्नी, छोराछोरी र नाती–नातीनामाझ आनन्दी जीवन बाँचिरहेका राहतको सुख सदैव कायम रहोस्! उनीप्रतिको सम्मान र प्रेम बाँचुन्जेल म यसरी नै समर्पित गरिरहने छु।#czanaaa

Wednesday, March 28, 2018

Young Generation and Depression


Upaahna Ghimire
केही समयअघि सामाखुसीको एक होस्टेलमा बस्ने १२ कक्षा अध्ययनरत विद्यार्थीले होस्टेलकै भवनमा झुन्डिएर आत्महत्या गरे । प्रेममा असफल भएका कारण उनले आत्महत्या गरेका थिए । धेरै युवा–युवतीले प्रेममा असफल भएपछि आत्महत्या गर्ने गरेका छन् ।
अहिले थुप्रै युवामा लागूपदार्थ, डिप्रेसन तथा असाधारण चिन्ताको समस्या देखापर्न थालेको छ । बानी–व्यवहार, आर्थिक तथा सामाजिक समस्या आदिका कारण युवाहरूमा डिप्रेसन बढिरहेको छ । सानैदेखिको बानी, पढ्ने तरिका, लालनपालन तथा घर एवं सामाजिक वातावरण पनि यसका कारक हुन सक्छन् ।
पश्चिमा मुलुकमा टिनएज पार गर्नासाथ आमाबुवाबाट अलग रहनुपर्ने कारणले गर्दा संयुक्त परिवारको फाइदा लिन नपाउने र आफैंले आर्थिक भार व्यहोर्नुपर्ने भएकाले व्यस्त रहनुपर्छ ।
एकातिर पढाइ अर्कातिर बढ्दो बोझ अनि परिवारबाट टाढा रहनुपर्ने कारणले पश्चिमा युवामा समेत डिप्रेसनको समस्या चर्को छ । त्यसमाथि कतिपयले क्षणिक आनन्दका लागि धूम्रपान तथा मद्यपान गर्छन् । यसको बढ्दो प्रयोगले समेत डिप्रेसनको समस्या निम्त्याएको पाइन्छ । हाम्रो देशमा भने विशेषगरी सहरी क्षेत्रमा पश्चिमा संस्कारको नक्कल गर्ने प्रचलनले गर्दा युवाहरूमा डिप्रेसन बढेको पाइन्छ । असफलता र जटिल सम्बन्धबाट विक्षिप्त युवामा भने आत्महत्याको सोच समेत आएको पाइन्छ ।
डिप्रेसन हुने कारण :-
मानसिक रोगको कुनै निश्चित कारण हुँदैन । वंशानुगत, वातावरणीय तत्व तथा व्यक्तित्व नै यसका मुख्य कारक तत्व हुन् । बाबुबाजेलाई मानसिक रोग छ भने त्यसको असर छोराछोरीमा समेत देखापर्नसक्छ । यसले डिप्रेसन मात्र होइन लागूपदार्थको कुलतको सिकारसमेत बनाउनसक्छ ।
समाज तथा सामाजिक वातावरणले गर्दा मानसिकतामा असर पार्न सक्छ । तनावपूर्ण वातावरण, अशान्ति, कोलाहल एवं असुरक्षाले गर्दा पनि समस्या उत्पन्न हुनसक्छ । यसका साथै बानी–व्यवहार, चालचलन, पढाइ, खानपान तथा साथीभाइहरूसँगको व्यवहारले पनि असर पुर्‍याउन सक्छ ।
    उमेर वृद्धिसँगै देखापर्ने हार्मोनल परिवर्तनका कारण पनि डिप्रेसन हुनसक्छ ।
    मस्तिष्कमा पाइने विभिन्न रसायनको कमीले डिप्रेसन हुनसक्छ ।
    सुमधुर सम्बन्ध नहुँदा तथा पढाइमा असफल हुँदा पनि डिप्रेसन हुने सम्भावना रहन्छ ।
    भाषागत समस्या तथा पढाएको कुरा नबुझ्दा पनि युवाहरूमा डिप्रेसनको समस्या उत्पन्न हुन्छ ।
    कतिपय रासायनिक परिवर्तनवा असन्तुलनका कारणसमेत डिप्रेसन हुनसक्छ ।
    घरेलु हिंसा तथा घरमा धेरै झैझगडा देखिरहेका युवामा पनि डिप्रेसन हुने सम्भावना हुन्छ ।
लक्षण :-
    उदासीनता, शारीरिक कमजोरी ।
    एकाग्रता नहुनु तथा कुनै कुरा तथा काम गर्न मन नलाग्नु ।
    मन आत्तिएजस्तो महसुस हुनु । सामाजिक परिवेशमा घुलमिल हुन नसक्नु ।
    हीनताबोध ।
    निद्रा नलाग्नु, खान तथा बोल्न मन नलाग्नु । एकान्तमा बस्न मन लाग्नु ।
गर्न नहुने :-
    असहाय महसुस हुन नदिने ।
    मनोचिकित्सकको सल्लाहबिना औषधि सेवन गर्नुहुँदैन ।
    डिप्रेसनका बिरामीलाई हेयको भावले हेरिनुहुँदैन । जिस्काउने तथा होच्याउने काम गर्नुहुँदैन भने उनीहरूलाई हेरेर हाँस्नुहुँदैन ।

गर्नुपर्ने :-
    डिप्रेसन भएकाहरूलाई जुनसुकै कुरा गर्न सक्छौ भनेर हौसला दिनुपर्छ ।
    साथमा बसेर कुराकानी गर्नुपर्छ, एक्लो महसुस हुन दिनुहुँदैन ।
कसलाई हुन्छ डिप्रेसन ?
    डिप्रेसन युवाहरूको रोग भनिए पनि यसको कुनै निश्चित उमेर समूह भने हुँदैन ।
    बालबालिका तथा वृद्ध पनि यसको सिकार बन्ने गरेका छन् ।
    एक अनुसन्धानले १० देखि १५ प्रतिशत युवामा डिप्रेसन हुने देखाएको थियो ।
    विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकअनुसार संसारभर कुल जनसंख्याको १० प्रतिशतभन्दा बढी मानिस डिप्रेसनको सिकार छन् ।
जोगिने उपाय :-
    आफूलाई व्यस्त राख्नुपर्छ ।
    जतिसुकै जटिल कुरालाई पनि सजिलै पार गर्न सक्छु भन्ने मनोबल हुनुपर्छ ।
    ध्यान, प्राणायाम तथा शारीरिक व्यायाम गर्नुपर्छ ।
    स्वस्थ एवं सन्तुलित खानेकुरा खानुपर्छ ।
    जीवनमा आएका सजिला–अप्ठ्याराहरूलाई आत्मसात् गर्नुपर्छ ।
    जीवनलाई बेकारको सम्झनुहुँदैन । सकारात्मक ऊर्जाका साथ जीवन जिउनुपर्छ ।
समाधान :-
कुनै पनि घटना, दुर्घटना अथवा तनावको स्थिति झेल्न सक्नुपर्छ । चिकित्सा मनोविद् सुजिता बनियाँका अनुसार समयमै रोगको पहिचान गरी उपचार गराए डिप्रेसन छिट्टै निको हुन्छ । धेरैजसोमा डिप्रेसन भयो भनेर जीवनभर औषधि खानुपर्छ भन्ने धारणा छ जुन गलत हो । डिप्रेसनको अवस्था (नरम, मध्यम तथा कडा) हेरेर त्यसको उपचार गरिन्छ । यसका लक्षणका सम्बन्धमा जानकारी राख्नुपर्छ । यसको उपचार बिरामीको अवस्था हेरेर औषधि तथा परामर्श दुवै तरिकाबाट हुन्छ । हाम्रो समाजमा डिप्रेसनलाई नकारात्मक रूपमा लिइन्छ, तर यो गलत हो । अन्दाजका भरमा रोगको उपचार गर्नुभन्दा पनि कस्तो खालको डिप्रेसन हो पत्ता लगाएर उपचार गराउनु प्रभावकारी हुन्छ । बिरामीका लागि सही उपचार पद्धति के हुन्छ छलफल गरी उपचार विधि अपनाउनुपर्छ । एकपटक नियन्त्रण भएपछि पछि पनि फेरि डिप्रेसन हुनसक्छ । एकपटक उचित उपचार गरेपछि पनि लामो समयपछि यो दोहोरिएर देखापर्नसक्छ ।
सुजिता बनियाँ
चिकित्सा मनोविद्, सिएमसी नेपाल
अहिले धेरै युवामा सामाजिक तथा आर्थिक समस्या ह्यान्डल गर्न नसक्दा मनोवैज्ञानिक समस्या देखापरेको छ । सानातिना समस्या सबैलाई हुन्छन् । यस्तो अवस्थामा समस्यासँग लड्न सक्ने क्षमता नभए डिप्रेसनको समस्या उत्पन्न हुन्छ । युवावस्थामा पढाइ, जागिर, करियर तथा विवाहका कारण डिप्रेसन हुनसक्छ । यस्तो अवस्थामा परिवारका सदस्यहरूले उनीहरूको तुलना अरू कसैसँग गरिदिनुहुँदैन । जतिसुकै अप्ठ्यारो परिस्थितिलाई ह्यान्डल गर्न सक्ने क्षमता भए डिप्रेसन हुँदैन ।
रामपुकार शाह
चिकित्सा मनोविद्, मेट्रो काठमाडौं हस्पिटल
बदलिँदो जीवनशैली, बानी–व्यवहारजस्ता धेरै कुराले अहिले धेरैलाई मानसिक रोगको सिकार बनाएको छ । आधुनिक जीवनशैली तथा पारिवारिक संरचनाका कारण पनि धेरै युवामा उदासीनता बढ्दै गएको छ । वल्र्ड हेल्थ अर्गनाइजेनसको सन् २०१२ को रिपोर्टअनुसार सर्वाधिक आत्महत्या हुने मुलुकहरूको सूचीमा नेपाल सातौँ स्थानमा थियो ।
इन्टरनेट सहयोगी
डिप्रेसनको मात्रा घटाउन सूचना तथा प्रविधिले ल्याएको इन्टरनेट सहयोगी हुने कुरा अस्ट्रेलियामा गरिएको एक अध्ययनबाट पत्ता लागेको छ । अस्ट्रेलियास्थित सिड्नी विश्वविद्यालयका खोजकर्ताहरूले यो कुरा पत्ता लगाएका हुन् । इन्टरनेटमा भएको सूचना भण्डार डिप्रेसनमा परेका युवाहरूका लागि समय कटाउने सजिलो माध्यम साबित भएको छ । विभिन्न उपयोगी सूचना प्राप्त गर्न तथा मनोरञ्जक खेलमा संलग्न गराउने हुँदा इन्टरनेट डिप्रेसन कम गर्न सहयोगी साबित भएको हो । अर्कातिर इन्टरनेटमा उपलब्ध मानसिक स्वास्थ्यसम्बन्धी सामग्रीका कारण पनि जोकसैलाई आफ्नो अवस्थाप्रति सचेत बनाइदिएको छ ।
इन्टरनेटमा उपलब्ध मानसिक स्वास्थ्यसम्बन्धी जानकारीमूलक सामग्रीले विश्वभरका युवामा देखिने डिप्रेसन र त्यसको उपचारको परम्परागत उपायका सम्बन्धमा अवगत गराउँछ । डिप्रेसनको उपचारका लागि आवश्यक प्राकृतिक उपाय एवं दैनिक क्रियाकलापका बारेमा सूचना उपलब्ध हुने भएकाले पनि इन्टरनेट डिप्रेसनका रोगीहरूका लागि उपयोगी साबित भएको हो । (एजेन्सीकी सहयोग

#सही ग़लत भन्दा पर #Everyone has a Story … Srijana

       "अरुलाई सम्झाउन जति सजिलो हुन्छ नि आफ्नै मनलाई सम्झाउन किन यति गाह्रो ह ? मन किन यति साह्रो जिद्दी भाको त् ? नजाने बाटो नजानु नि...