तिम्रो आँखाले कुनै कथा सुनाइरहेको छ।
किन यस्तो दोधार?
किन आँखाले सुस्तरी भनिरहँदा,
तिम्रो ओठ चुपचाप छन्?
शब्दहरू बाहिर आउन चाहन्छन् ,
तर उनीहरू,
तिमी भित्र कतै अड्किएर बसीरहेको जस्तो लाग्छ।
ओठ मौन छन्,
तर आँखाले त सबै कुरा लुकाउन सक्दैनन् ।
त्यो पीडा, त्यो सम्झना, त्यो अदृश्य स्वप्न…
सबै त झल्किन्छन्,
तिम्रो नजरको एउटा हल्का कम्पनमा।
तिमी भित्रको कथा ,
शायद धेरैको जस्तै होला,
तर सुनाउने शैली,
तिमी जस्तै एक्लो, गहिरो, अनि मौन। 😊
If this poem resonates with you please
stay. There are many more quiet stories yet to be shared.
feel free to reply with your thoughts.
With care,
— Srizanaa 🇳🇵🍃
No comments:
Post a Comment