मलाई मन परायौ भने, म बारे केही सकारात्मक कुराहरू गर्छौ होला ।
मलाई मन पराएनौ भने, म बारे केही नकारात्मक कुराहरू गर्छौ होला ।
मेरो बारेको सत्य त्यति नै हो त?
सकारात्मक र नकारात्मक बाहेक जीवनका अन्य आयामहरू नापजोख गर्ने कुनै औजार तिमीसँग छ?
तिमीले मलाई भेटेको त केही क्षण, केही दिन, केही महिना वा केही वर्ष मात्र भएकोछ ।
मेरो "म"को लम्बाई चौडाईको Genetic पुर्ख्यौली सुरुवात तिमीले देखेनौ । मेरो अन्त्य अहिले आइसकेकै छैन ।
तर, तिमीले मलाई सम्पूर्ण चिनेको ठोकुवा गरेर "सत्य" पत्तो पाइसकेको कुरा गरिरहेछौ ।
बस् ! यही हो भ्रम !
एकजना मानिसको जन्मको श्री र मृत्यूको शुभमको तमसुकको वीचतिरको दुइचार अक्षर, शब्द र वाक्य मात्र गनेर मैले यो मानिसको बारेमा सबै जानेको छु भन्नु भ्रम हो ।
दुःख लाग्छ, हामी सबै सबैका बारेमा आफुलाई "जानिफकार" घोषणा गर्छौँ र दंग पर्छौँ ।
जुनदिन यो भ्रम टुट्छ त्यो दिन डिप्रेशन्ले खलास भएर मर्छौँ ।
"सत्य" त्यतै कतै उभिएर हाम्रो लाश हेरिरहेको हुन्छ ।
#बिक्रम सुब्बा - फेसबुक वाल बाट
No comments:
Post a Comment