#कुहिरो थियो बाक्लो थियो,मन बेचैन थियो,उल्झन बढ्दै थियो
माफ गर देखिन तिमीलाई, होइन मैले नजर फेरेको
दुख थियो पिडा थियो ,पागलपन थियो
नसोच यो सफरमा म कहिले एक्लै हिड्नु परेको ....
बेखबर छौ तिमी,बेपर्वाह छु म पनि
कहिले तिमी आफ्नै जिन्दगीमा ब्यस्त
कहिले म आफ्नै दुनियामा लापता ,
न तिमीलाई फुर्सद भागाभागको जिन्दगी देखि
न मलाई फुर्सद अस्त ब्यस्त आफ्नै जिन्दगी देखि
न तिमि खाली न म खाली, एक हाथले कहाँ बज्छ र ताली ?
अस्पथ बाटो ,नसोचेको मोड थियो
लड़खडाउनु थियों हिड्नु थियो ,
कतै टाढा तिम्रो साथ थियो होइन मैले आवाज नदिएको
दुख थियो पिडा थियो पागलपन थियो
नसोच यो सफरमा म कहिले एक्लै हिड्नु परेको !!
कविता - सिर्जना पुन, NP
No comments:
Post a Comment