![]() |
बिक्रम सुब्बा |
'बालबालिकाहरूलाई चलाख र सृजनशील बनाउँनेै सकिएन । के मुन्धुम गडबड भयो?' जिज्ञासुले सोध्यो । 'बालबालिकालाई सानैदेखि 'केयर होम', 'प्रि स्कुल', 'किण्डर गार्टेन', 'नर्शरी स्कुल' र स्कुलहरुमा हालेर बर्वाद गरेको हो ।'
जिज्ञासु: 'स्कुलहरूमा हालेपछि झन छिटो सिक्छन् भनेको त उल्टो कुरो गर्नु भो । यो कसरी हो यसको मुन्धुम सुनौँँ न?'
: वच्चा जन्मिँदा उसको दाहिने दिमाग (Right brain) सकृय हुन्छ जसलाई सृजनशील दिमाग भनिन्छ । वच्चाको १०-१२ वर्ष सम्मको उमेर सम्म यो धेरै सकृय हुन्छ । यही दाहिने दिमाग सकृय हुँदा नै वच्चा मस्तसँग ८०-९०% समय रमाउँछ, हाँस्छ, खेल्छ ।
वच्चालाई बा-आमा, समाज र स्कुलले अनेक कुरा सिकाएपछि उसको देब्रे दिमाग (Left brain) मा तार्किक शक्ती बढ्छ । भाषा सिक्छ, नाता-गोता सिक्छ, कुन चित्रलाई A भन्ने वा नभन्ने? किन चित्रलाई 'क' भन्ने वा नभन्ने? आगो किन छुने वा नछुने? माटो किन नखाने? जस्ता तर्कसमगत (Logical) कुराहरू सिक्न थाल्छ ।
यसरी उसको देब्रे दिमाग (Left brain) सकृय हुँदै जाँदा अझ स्कुलमा हालेर अनेक कुराहरु देब्रे दिमागमा कोचिदिएपछि उसको सृजनशील दाहिने दिमाग (Right brain) विस्तारै Dormant हुन पुग्छ र मुस्किलले उसको दाहिने दिमाग (Right brain) १-२% चल्छ ।
९०-९५% भन्दा बढी उसको देब्रे दिमाग (Left brain) ले मात्र काम गर्छ ।
अर्थात, वच्चालाई सानै उमेरमा स्कुलहरूमा हालेर सृजनशील रहनबाट बन्चित गरेर परम्परागत प्रणालीहरु नै ठीक भन्ने कुरा सिकाएर रुढीबादी जनावरमा परिणत गरिन्छ ।
यो वच्चाको भलाईको निम्ती गरेको होइन, बाबु-आमाले आफ्नो जागिर जानु परेकोले बच्चालाई डे केयर, प्री स्कुल, किन्डर गार्टेनमा फालिदिएर आफु 'फ्री' भएको हो ।
यही भएर कतिपय बा-आमाले अचेल वच्चालाई ६-७-९-१० वर्ष सम्म केही नसिकाउँने, स्कुल नहाल्ने गरेर वच्चाको दाहिने दिमाग (Right brain) लाई पनि सकृय राख्ने-रहने बानी बसाउँने र १०-११-१२ वर्ष पछि मात्र वच्चालाई स्कुल पठाउँने गर्न थालेका छन् । यसो गरिएका कतिपय वच्चाले आफै मनलागेको केही नयाँ नयाँ कुरा सृजना गरेका देखिन्छन् ।
हुन पनि अहिले सम्मै धेरै ठूला वैज्ञानिकहरु कलिलो उमेरकै छन् । छिप्पिएको मानिसले नयाँ कुरा पत्ता लगाएको कमै पाइन्छ । किनभने उसको देब्रे दिमागले दाहिने दिमागलाई पुरै डोमिनेट गरिदिएको हुन्छ ।
बिक्रम सुब्बा
No comments:
Post a Comment