Friday, September 25, 2020

...अनि म जस्तै



#तिमी पनि कहिले सुकेको तलाउको हाल हेर, 

अनि म जस्तै सपनामा बेस्सरी खाएको मात हेर

सुन,लोलाएका आंखा लिएर अब फिर्दे नहिड, 

मैले कहिले भने र तिमीलाई अनिदो मेरो रात हेर 

यस्तो लाग्छ उज्यालो आउदै छ म तिर बिस्तारै, 

तिमी कुनै दिन मेरो शहरको अध्यारो घात हेर

तिम्रो सम्झनामा कति खेर पो मन आत्तिएन र, 

मान्छौ भने एकपटक यो पिरतीले दिएको सौगात हेर 

मान्छे ब्यस्त छन् दुनियांदारी र खरिददारीमा, 

त्यहां मान्छेले मान्छेलाई तौलेर फालेको सस्तो बात हेर

#सृजना पुन, NP

1 comment:

#सही ग़लत भन्दा पर #Everyone has a Story … Srijana

       "अरुलाई सम्झाउन जति सजिलो हुन्छ नि आफ्नै मनलाई सम्झाउन किन यति गाह्रो ह ? मन किन यति साह्रो जिद्दी भाको त् ? नजाने बाटो नजानु नि...